काठमाडौं । नेपालमा पछिल्ला वर्षहरुमा सडक दुर्घटना हुने क्रम झन् बढेको छ । सडक दुर्घटना बढी हुने देशहरुको सूचीभित्र पर्ने नेपालमा वर्षेनी सडक दुर्घटनाबाट सयौंले ज्यान गुमाउने गरेका छन् भने हजारौं घाइते भएर आजीवन कष्टकर जीवन बाँच्न बाध्य हुने गरेका छन् । तर नीति निर्माताहरुलाई सडक दुर्घटनाको यो दर्दनाक अवस्थाले कहिल्यै छुन सकेको छैन ।…