Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


‘उच्छुष्मजम्भल’को मास्टरपिस कला यात्रा


1.3k
Shares

काठमाडौं । पौभा कलाको विशिष्ट महत्व रहेको छ । ललितपुरका एक पौभा कलाकारहरुले ८ वर्षदेखि एउटा मास्टरपिस पौभा कला सिर्जनामा व्यस्त छन् । यो कलाले विश्वभरका पौभा कलाका अनुरागी र पारखीहरुलाई आकर्षित गर्ने सम्भावना छ ।

नेवार कला मौलिक नेपाली कलाको रुपमा विश्वमा प्रसिद्ध छन् । जसमा पौभा कला, काष्ठ कला, धातु कला र प्रस्तर कला रहेका छन् । हाल नेपालमा एक मास्टर पिस कलाले विभिन्न विधाबाट कला यात्रा जारी राखेको छ । करिब ११ वर्ष अघि प्रसिद्ध परम्परागत पौभा कलाकार उदय चरण श्रेष्ठले प्रारम्भिक रेखा चित्रबाट शुरु गरेको ‘उच्छुष्मजम्भल’ को कला यात्रा पौभा कलामा भइरहेको छ । वज्रयान नेवार बौद्ध परम्परा अनुसार ‘उच्छुष्मजम्भल’ धन सम्पति, सुख संमृद्धीको देवता हुन् ।

कुवेरमाथि बसेको यस देवतासँगै लक्ष्मीको रुपमा बसुधारा रहेको छ । बज्रयान बौद्ध परम्परा अनुसार यीनीहरुलाई बोधिसत्वको रुपमा लिइन्छ । यस देवताको प्रारम्भिक रेखा चित्र कै आधारमा कलाकार सुनिल बज्राचार्यले कालो ढुगां सानो दुई वटा मूर्ति र सुगत शाक्यले चाँदीको मूर्ति बनाइसक्नु भएको छ । साथै विभिन्न कलाकारले ठुलो स्वर्ण लेपन गरिएको मूर्ति पनि बनाइसकेका छन । तर विगत आठ वर्षदेखि विभिन्न कलाकारहरुले उत्कृष्ट पौभा कला बनाइरहेका छन् । यस देवताको विभिन्न माध्यमका कला ललितपुरको पूर्ण म्युजियम अफ नेवाः आर्टमा प्रदर्शनका लागि राखिएको छ । आर्ट हिस्टोरीयन सिद्धार्थमान शाक्य मौलिक कलाको जर्गेना गर्न यस मौलिक जम्भलको विभिन्न विधाको विशेष कला प्रदर्शन गर्रिको बताउनुहुन्छ ।

विस्मृतिको पानामा समिति भएको काठमाडौं उपत्यकाका रहेको ख्याःचाको कलालाई पनि प्रदर्शनमा राखेर विगतका आख्यानहरुलाई जिवन्त तुल्याएको छ । सेतो ख्याक घरमा बस्नेलाई धनसम्पति बुद्धि हुने विश्वास गरिन्छ । लोकजीवन सँग सम्बन्ध रहेका मास्टर पिस कला नेपालमा धेरै रहेका कारण यस्ता कलालाई अन्तराष्ट्रियकरण गर्नुपर्ने शाक्यको भनाई छ । यस्ता कला सृजना गर्ने कलाकारहरुलाई प्रोत्साहन गरेर बहुमुल्य मौलिक कलालाई विश्वव्यापी गर्न वर्तमान युवापुस्ताको महत्वपूर्ण भुमिका रहन्छ। यसका लागि व्यक्तिगत प्रयास मात्र होइन् राज्य स्तरबाटै ठोस नीति पनि कार्यान्वयन गर्न सक्नु पर्छ ।