काठमाडौं । कञ्चनपुरमा जङ्गली हात्तीको बथानले आतंकित पारेको छ । रात नपर्दै खेतमा छिर्ने जङ्गली हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बासिन्दालाई आतंकित बनाएको हो । स्थानीयले आगो बालेर तर्साउन खोज्दा पनि हात्ती भाग्दैनन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने हात्तीको बथानले तीन दिनदेखि स्थानीय कृषकको खेतबारीमा पसेर पाक्नै लागेको गहुँबालीमा नोक्सान पुर्याउँदैछ । पहिलेपहिले आगो देखाउने,…