काठमाडौं । बढ्दो शहरीकरणका कारण काठमाडौं उपत्यकामा रहेका सिमसार र पोखरीहरु मासिँदै गए । जति पोखरी र सिमसार बचेका छन् तिनीहरुको पनि प्राकृतिक स्वरुप विगार्ने होड चलेको छ ।
नक्सालमा रहेको नागपोखरी पलेस्वाँ पुखुःमा विगतमा ढकमक्क कमल फूलेको देख्न पायन्थ्यो । तर अहिले अवस्था निरश छ । सौन्दर्यकरण गरेर पोखरी संरक्षण र राम्रो बनाइए पनि कमल फूल नफुलेको दशकौं भईसकेको छ । हरेक वर्ष नागपंचमीका दिनमा मेला लाग्ने यो पोखरी प्राकृतिक भन्दा पनि कृत्रिम देखिन्छ । स्थानीयहरु फेरि यहाँ कमल फूलोस् भन्ने चाहन्छन् ।
आठ दशक काटिसकेका जेष्ठ नागरिक हिरण्यलाल श्रेष्ठ बाल्यकालमा पोखरीको कमल टिपेर खेलेको सम्झनुहुन्छ । उहाँको चाहना छ पोखरीमा फेरी विभिन्न रंगका कमल फूललेको देख्न पाइओस् । यसका लागि पहल गर्न जनप्रतिनिधिहरुसँग पनि उहाँ आग्रह गर्नुहुन्छ ।
त्यस्तै कमलपोखरीको पलेस्वाँ पुखुः को हालत पनि त्यस्तै छ । कुनै समय यही फूललेको सेतो कमल इन्द्रजात्रामा देवदेवीलाई चढाउनु पर्ने चलन थियो । तर जनप्रतिनिधिहरुको नक्कली कमल पूmलाउने चाहनाले यहाँ पनि प्राकृतिक कमल नफुलेको दशक भइसक्यो । प्राकृतिक कमल फुलाउने भन्दा पनि हाल कृत्रिम कमल फुलाइएको छ । सौन्दर्यकरण गरेर पोखरी सजाईए पनि प्राकृतिक रुप गुमिसकेको छ ।
विगतमा यहाँ रहेको जैविक माटो समेत निकाल्न प्रयास भएको थियो । अछामबाट आएका चम्पा खड्का पोखरीमा कमल फूल नदेखेकोमा दुखी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ कमलको फूल हेर्न कमलपोखरी आएको तर कृतिम कमल मात्र देख्न पाइयो ।
पोखरीमा माछा पाल्न गरिएको भए पनि प्राकृतिक कमल पोखरी नदेखिएकोले निरश भएको पोखरी घुम्न आएकाहरुको भनाई छ । विनिता खड्काको पनि पोखरीमा कमल फूलको हेर्न चाहाना ।
अव्यवस्थित शहरीकरणका कारण उपत्यकाका प्राकृतिक सिमसार र पोखरी मासिएका छन् । संरक्षण नै गरे पनि कृत्रिमपन हावी देखिन्छ । तर मध्यपुर थिमीले भने यस्ता पोखरीको संरक्षण प्राकृतिक रुपमा नै गर्ने प्रयास गरेको छ । त्यसैले थिमीबाट पाठ सिक्ने हो भने उपत्यकामा बाँकी रहेका सिमसार र पोखरीले पुनर्जिवन पाएर कंक्रिटको जंगलबीच प्राकृतिक वातावरणमा कमल फुल्ने मौका पाउने थियो कि !
प्रतिक्रिया दिनुहोस्