काठमाडौं । मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ । बिहान १ बजेर १९ मिनेट जाँदा ४ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रबिन्दु नजिक भएकाले भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो ।