काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश प्रतिनिधि सभामा पेश भएको छ ।
मंगलबारको प्रतिनिधि सभाको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले प्रतिवेदन सभामा प्रश्तुत गर्नुभएको हो ।
बैठकमा प्रतिवेदन प्रश्तुत गर्र्दै सभापति सुवेदीले विधेयक पारित गर्ने अवस्थासम्म सबै एक ठाउँमा उभिए जसरी नै पारित गरी कार्यान्वयन गर्नेसम्म एकै ठाउँमा उभिनुपर्ने बताउनुभयो । उहाँले सबै राजनीतिक दलहरु एक ठाउँमा उभिए आगमी दिनमा आइपर्ने जस्तोसुकै चुनौति पनि सामना गर्न सकिने बताउनुभयो ।
सभापति सुवेदीले विधेयक सदनबाट सर्वसम्मतिले पारित गर्न आग्रह गर्दै पारितसँगै नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन राम्रो कानून बन्ने बताउनुभयो । विधेयक सदनबाट सर्वसम्मतिले पारित भए देशमा द्वन्द्वको अवस्था नआउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्