काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार गरेको राजधानी केन्द्रीत शक्ति प्रदर्शन पनि झडपमा परिणत भयो । शान्तिपूर्ण प्रदर्शन निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा झडपको अवस्था आएको हो । निषेधित क्षेत्रलाई सरकारले प्रतिष्ठाको विषय बनाउँदा बारम्बार हुने गरेको झडप आज पनि दोहोरियो । राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको पुनस्थापना, संघीयता र धर्म निरपेक्षताको खारेज, प्रत्यक्ष…