सर्लाही । सर्लाहीसहित तराई क्षेत्रमा दिनदिनै गर्मी बढ्दैछ । टन्टलापुर घाम लागेर अत्यधिक गर्मी हुन थालेसँगै सर्वसाधारण प्रभावित भएका छन् । बिहानैदेखि चर्को घाम लागेर अत्यधिक गर्मी हुँदा यहाँको सडक, बजारमा मानिसको आउजाउ निकै पातलो देखिन्छ । चर्को घाम र गर्मीका कारण लालबन्दी, हरिवन, बागमती, बरहथवा, मलंगवा, बयलवास, हरिपुर, गोडैतासहित सम्पूर्ण हाटबजार सुनसान बनेका र…