काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले विकासको नाममा जलवायु प्रतिकुल संरचना बनाउनेहरुसँग सरकारले क्षतिपूर्ति भराउनुपर्ने बताउनुभएको छ । विश्व वातावरण दिवसको अवसरमा काठमाडौंको बसन्तपुरमा गरिएको कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले वातावरण विनाश र यसले निम्त्याउन सक्ने जलवायुजन्य विपद्काबारे सजग र शतर्क नहुने हो भने भविष्यमा हाम्रा विकासले विपद् निम्त्याउने बताउनुभयो । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनातर्फ इंगित…