काठमाडौं । काठमाडौं उपत्यकाका नेवार समुदायले सोमबार सकिमिला पुन्हि पर्व मनाइरहेका छन् । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमामा नेवार समुदायले मकै, भटमास, केराउ, बकुला लगायतका विभिन्न थरीका गेडागुडी भुटेर त्यसबाट विभिन्न देवीदउता, कलश, मन्दिर र चैत्यको कलात्मक चित्र बनाएर पूजापाठ गर्ने गरिन्छ । यस्तै, उसिनेको वनतरुल, पिंडालु र सखरखण्ड पनि देवी देउतालाई चढाउने र खाने…