११ फाल्गुन २०८०, शुक्रबार | Fri Feb 23 2024


९१ किलो गाँजासहित तीन जना पक्राउ


2.678k
Shares

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ बाट ९१ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् ।

खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ स्थित गोर्खाली गाउँमा गाँजाको अबैध कारोबार भइरहेको सूचनाका आधारमा खानतलासि गर्दा उक्त परिमाणमा गाँजा बरामद गरिएको हो ।

गाँजासहित घरधनी खड्क खड्का, चरेश बनाउने कार्यमा संग्लग्न गोर्खा अजिरकोट गाँउपालिका वडा नम्बर २ खरिकोटका सन्तोस गुरुङ र पर्सा जिल्ला सुकौली पटौली गाउँपालिका वडा नम्बर ९ लक्ष्मिपुरका रामबहादुर गुरुङ पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरिक्षक भरत बहादुर शाहले बताउनुभयो ।

उनिहरुबाट गाँजाको पातबाट बनेको मसिनो धुलो १४ केजी २ सय १० ग्राम, गाँजाको दाना ७७ केजी ३ सय ५ ग्राम बरामद गरेको डिएसपि शाहले जानकारी दिनुभयो । चरेश बनाउन प्रयोग हुने विभिन्न सामाग्रीहरु समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।