Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ तिवारीलाई मन्त्रालयकाे जगेडामा राखियाे

काठमाडौं । भिजिट भिसा प्रकरणमा तानिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्री तिवारी गृह मन्त्रालय तानिनुभएकाे छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारी समेतमाथि अनुसन्धान भइरहेको बताएपछि उहाँको जिम्मेवारी खोस्दै मन्त्रालय तानिएको हो। गृह मन्त्रालय स्रोतका अनुसार उहाँलाई मन्त्रालयको अतिरिक्त समूह जगेडामा राखिएको हो। तिवारीलाई मन्त्रालय तानेर म्याग्दीको सीडीओको रुपमा रवीन्द्र आचार्यलाई पठाइएको छ।…