काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मी कालिगण्डकी गाउँपालिकाको देउराली माध्यमिक विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र प्रसाद सापकोटासहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । सापकोटासहित विद्यालयका तत्कालीन प्रधानाध्यापक तथा सदस्य सचिव मित्रलाल पाण्डे, कर्मचारी प्रेमनारायण पाण्डेय, व्यवस्थापन समितिका तत्कालीन सदस्यहरू वेदबहादुर राना, लक्ष्मी भण्डारी न्यौपाने, पदमपानी पाण्डे, सरस्वती पाण्डे, ईश्वरा…