काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटना प्रकरणमा सुरक्षा कमजोरी भएको स्वीकार गर्नुभएको छ । सोमवार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले घटनामा इपीएस कार्यालय प्रमुखको भुमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी भएको स्वीकार गर्नुभयो । उहाँले गृह मन्त्रालयमा आन्दोलनको जानकारी भइसकेपछि पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश…