काठमाडौं । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० संसदमा पेस गरेको छ । सोमबारबाट सुरु भएको संघीय संसदको तेस्रो अधिवेशनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो अध्यादेश प्रतिनिधिसभा बैठकमा पेस गर्नुभएको हो । त्यस अवसरमा उहाँले नेपाल सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेस गर्ने र सो प्रक्रियामा हुने छलफलको अवधि…