विराटनगर । मोरङको बुढीगंगामा भारतीय नम्बर प्लेटको ट्रक पल्टिँदा च्यापिएका पाँच जना मध्ये तीन जना बालबालिकाको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिकाको वडा नम्बर ४ प्रगती टोलमा भारतीय ट्रक पल्टिँदा आफ्नै घरको आँगनमा सुतिरहेका तीन बालबालिकाको ज्यान गएको हो । ज्यान गुमाउनेमा बूढीगंगा प्रगतिटोलका ज्योति अधिकारीका छोराछोरी इसिता अधिकारी र छोरा निशान्त तथा सोही स्थानका…