काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ७ बजेदेखि मध्यराति १२ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार ललितपुर महानगरपालिका वडा नम्बर २, ४, ९, १८ र २५ भित्रका क्षेत्रहरूमा कर्फ्यु लागू गरिएको हो । भैंसेपाटी, सानेपा, च्यासललगायत क्षेत्र कर्फ्यु क्षेत्रमा पर्नेछन् । यिनमा भेला, जुलुस, सभा, बैठक…