Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


रास्वपाका सभापति रवि लामिछाने रिहा


1k
Shares

काठमाडौं। सहकारी प्रकरणकाे आराेपमा ललितपुरकाे नख्खु कारागारका रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन्।

सभापति लामिछानेले शुक्रबार रुपन्देही जिल्ला अदालतमा ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ जमानत बापत बुझाएर रिहा भएका हुन्। उच्च अदालत बुटवलका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले बिहीबार उनलाई धराैटीमा छाेड्न आदेश दिएको थियाे। लामिछाने विदेश यात्रा गर्न परेमा अदालतलाई पूर्वजानकारी गराउनुपर्ने आदेशमा भनिएकाे छ।

न्यायाधीश आचार्य र पौडेलको इजलासमा लामिछानेले को मुद्दाको सुनुवाइ भएको हो। लामिछानेले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्नु पाउँ भनेर निवेदन दिएका थिए ।