स्कटल्याण्ड। स्कटल्याण्डको राजधानी एडिनबरामा ‘दोस्रो नेपाली मेला २०२६’ भव्यताका साथ सम्पन्न भएको छ। नेपाली राजदूतावास लण्डन, गैरआवासीय नेपाली राष्ट्रिय समन्वय समिति (एनआरएनए एनसीसी) यूकेको सहयोगका साथै राज्य समन्वय समिति (एससीसी) र स्कटल्याण्डका विभिन्न संघ–संस्थाहरूको संयुक्त आयोजनामा उक्त मेला सम्पन्न भएको हो। गत वर्ष सन् २०२५ जुन २३ तारिखमा दूतावासकै सहयोगमा पहिलो ऐतिहासिक मेला भव्य रूपमा…