गोरखा । गोरखामा विविध कार्यक्रम गरी ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । शनिबार गोरखा नगरपालिका र जिल्ला प्रशासन कार्यालय गोरखाको संयुक्त आयोजनमा गरिएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले ठुलो आँगनस्थित पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गर्नुभयो । सोहीक्रममा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले संयुक्त रुपमा राष्ट्र…