Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


श्रीमतीसँग भेटेपछि हत्या, प्रहरी समक्ष आत्मसमर्पण


14.3k
Shares

काठमाडाैं । मेचीनगर–७ गैरीगाउँका ५० वर्षीय नारायण ज्ञवालीले दुवागढीका ४० वर्षीय फौमोदिन मोहमदको बुधबार राति हत्या गरेका छन्।

प्रहरी नायब उपरीक्षक खड्काका अनुसार बुधबार राति ज्ञावालीले आफ्नी ३७ वर्षीया श्रीमती सुजता ज्ञावालीसँग मोहमदलाई भेटेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। मोहमद घटनास्थलमै मृत्यु भएको थियो।

घटनापछि ज्ञावालीले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए। इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक राजकुमार कार्कीको नेतृत्वमा गएको टोलीले ज्ञावालीकी श्रीमती सुजतालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

Skip This