काठमाडौं । सभामुख देवराज घिमिरेले संसदका आगामी कार्यक्रमबारे संसदका राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको छ । बिहीबार सभामुख घिमिरेले संसदमा सहभागी राजनीतिक दलहरुका प्रमुख सचेतकहरुसँग संसदका आगामी कार्यक्रमबारे छलफल गर्नुभएको हो । सभामुख घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते संसदमा विश्वासको मत लिने र त्यसलाई व्यवस्थित बनाउनेबारे छलफल भएको सत्तापक्षका प्रमुख सचेतक…