काठमाडौं, भदौ ३ । शनिबार रातिको अविरल वर्षाले कागेश्वरी–मनोहरा नगरपालिका–३, ब्रह्मखेलमा पहिरो जाँदा घर पुरिएर एकै घरका चारजना घाइते भएका छन् । पहिरोले शिरोमणि सिग्देलको घर पुरिँदा सिग्देल, उनकी श्रीमती सावित्री सिग्देल, छोराद्वय क्रमशः विपुल सिग्देल र विप्लव सिग्देल घाइते भएको महानगरीय प्रहरी प्रभाग थलीले जनाएको छ । घाइतेलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल…