काठमाडौं, भदौ १ । वरिष्ठ पत्रकार हरिहर विरहीले शुक्रबारदेखि कार्यान्वयनमा आएको अपराध संहिता अलोकतान्त्रिक रहेको भन्दै यसले पत्रकारिता क्षेत्रको स्वतन्त्रता सीमित गर्ने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले बन्धनकारी बुँदाहरुले प्रेस स्वतन्त्रता हनन् गर्ने र खोजी पत्रकारिता सम्भव नहुने बताए । सोही कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले ‘उपचारकाक्रममा कसैको मृत्यु…