काठमाडौं, भदौ १२ । शिक्षा मन्त्रालयले बिम्स्टेकको चौथो शिखर सम्मेलनका लागि यही भदौ १४ र १५ गते उपत्यकाका विद्यालय बिदा दिने भएको छ । सम्मेलनमा आउने विदेशी अतिथिहरुको आगमन र सुरक्षाका कारण सडक व्यवस्थित गर्नुपर्ने भन्दै मन्त्रालयले निजी तथा सामुदायिक विद्यालयहरुमा छुट्टी दिने निर्णय गरेको हो । काठमाडौं, भक्तपुर, ललितपुरमा यो निर्णय लागू हुने जनाइएको…