काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । हालसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको प्रहरीले जानकारी दिएका छन् । प्रहरीका अनुसार घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको छ । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको भारतीय नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो ।…