विनोद सिंह विष्ट बैतडी, असोज ९ । पहिरोका कारण गएरातिदेखि बैतडीको पाटन–पञ्चेश्वर सडक अवरुद्ध भएको छ । लगातारको बर्षाले पाटन नगरपालिकाको घाङल खोलामा सडक माथिबाट पहिरो खस्दा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । ‘सडक माथिबाट ठुलो पहिरो खसेको छ,’ उनले भने, ‘सानो मेसिनले पन्छाउन नहुने…