सिञ्जा, कात्तिक २८ । हुम्ला अदानचुली गाउँपालिका–४ बिगोठीका ११ वर्षीया रमिला बुमीको उपचारमा समस्या भएको छ । असोज ११ गते बारीमा लगाएको काँक्रो लिन गएकी बुमी छिमेकीले स्याल मार्न थापेको पासोमा परी घाइते भएकी थिइन् । घाइते बुमीको दायाँ खुट्टा काट्नु परेको थियो । समयमै उपचार नपाउँदा छोरीको खुट्टा काट्नु परेको बुबा जनकले बताए ।…