काठमाडौं, कात्तिक ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजात बनाइ श्रम स्वीकृति दिएको आरोपमा वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहचलका तत्कालीन २५ कर्मचारीविरुद्ध शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका १८४ महिलालाई गलत कागजातका आधारमा श्रम स्वीकृति प्रदान गरेको पाइएपछि आयोगले उनीहरुविरुद्ध आरोपत्र दायर गरेको हो ।…