चितवन, साउन १९ । चितवनको भरतपुर महानगरपालिका–२९, घुमाउनेमा पहिरो खस्दा फेरि नारायणगढ–मुग्लिन सडकखन्ड अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार शनिबार बिहान ६ बजे खसेको पहिरोले गर्दा सडक अवरुद्ध हुन पुगेको र सो क्षेत्रमा अझै पानी परिरहेकोे छ । पहिरो पन्छाउने काम सुरु भएकाले सडक खुल्न केही घन्टा लाग्ने स्थानीय ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद…