काठमाडौं, चैत १४ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहेका भारतका विदेशसचिव विजय गोख्लेले उनको सरकारी निवास बालुवाटारमा बिहीबार अपराह्न शिष्टाचार भेट गरे । त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय व्यापारबारे विचार–विमर्श भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बताए । यसैबीच, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग बिहीबारै सचिव गोख्लेले शिष्टाचार भेट गरे…