सप्तरी, चैत १३ । सप्तरीको कोसीटप्पु वन्यजन्तु आरक्षभित्रको खाली जग्गा अतिक्रमण गर्न आएका सयौं मानिसलाई प्रहरीले चार राउन्ड अश्रुग्यास प्रहार गरी बुधबार लखेटेको छ । कन्चनरुप नगरपालिका–१, वैरवानजिक आरक्षको जग्गामा घर बनाउन विभिन्न जिल्लाबाट आएका करिब ५०० मानिस लखेटिएका हुन् । घन्टौंसम्म खाली गर्न सम्झाउँदा नमानेपछि प्रहरीले अश्रुग्यास प्रहार गरी आरक्षबाट उनीहरुलाई लखेटेको सप्तरी प्रहरीले…