कृष्ण बोहोरा जुम्ला, साउन २१ । नयाँ शक्ति पार्टीका जिल्ला संयोजक राधाकृष्ण बुढथापा मृत अवस्थामा भेटिएका छन् । गएराति चन्दननाथ नगरपालिका–५ जुगाडखोला नजिकै उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । सोही नगरपालिका–२ निवासी ४३ वर्षीय बुढथापाको शव अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको इमर्जेन्सी कक्षमा राखिएको छ मुचुल्कापछि शवलाई पोष्टमार्टम गरिने प्रहरीले…