काठमाडौं, चैत १९ । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेसागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले अग्रता लिएका छन् । झापा, इलाम र उच्च अदालत विराटनगर, धनकुटा, उदयपुर, सिरहा, बारासम्मको मंगलबार दिउँसो १ः२० बजेसम्ममा ५०२ मतगणना गर्दा श्रेष्ठले ३५२ मत प्राप्त गरी अग्रता लिएका छन्…