रसुवा, भदौ ८ । सडक डिभिजन कार्यालय नुवाकोटको बेवास्ताका कारण एक साताअघि बिग्रिएको रसुवाको सदरमुकाम नजिकैको सडक अझै तयार हुन सकेको छैन । सडक बन्द हुँदा यात्रुले सास्ती ब्यहोर्नुका साथै बढी मूल्य तिरेर सामान ढुवानी गर्न ब्यापारी बाध्य भएका छन् । पासाङ ल्हामु सडक खण्डअन्तर्गत रसुवाको धुन्चे–स्याफ्रु खण्डको त्रिशुली पुल नजिकै दुई स्थानमा एक साताअघि…