Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


गुठी विधेयक फिर्ता भएपनि आन्दोलन जारी

काठमाडौं, असार १० । सरकारले राष्ट्रियसभाबाट गुठी विधेयक औपचारिकरुपमा फिर्ता लिएपनि सरोकारवालाहरुले खबरदारी अभियान जारी राखेका छन् । सरकारले कुनैपनि बेला पुनः विधेयक ल्याउनसक्ने भन्दै उनीहरुले मंगलबार काठमाडौंको तःबहाल, लगनटोल क्षेत्रमा विरोधसभा आयोजना गरेका हुन् । विगतमा पनि सरकारले विभिन्न पक्षसँग गरेका सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरुले खबरदारी र जनदबाब आन्दोलन जारी राख्ने बताएका छन्…