काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जशदीश खरेलले सरकारले आगामी फागुन २१ गते जसरी पनि निर्वाचन गर्नुपर्ने म्यान्डेट पाएको बताउनुभएको छ । सिंहदरबारमा साेमबार पदभार ग्रहण गर्दै उहाँले सरकारको मुख्य काम ६ महिनाभित्र निर्वाचन सम्पन्न गराउनु रहेको बताउनुभएको हो । सञ्चारमन्त्री खरेलले जनताले अनुभूति गर्ने गरी भ्रष्टाचार नियन्त्रण र पुनर्निर्माणको काममा पनि केही संरचना बनाएर…