मुसिकोट, कात्तिक २२ । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा व्यवस्थित बसपार्क नहुँदा सवारी पार्किङमा समस्या भएको छ । २०६२ सालमा दाङ–सल्यान हुँदै रुकुमसम्मको यातायात सेवा जोडिएपछि सल्लेमा निर्माण गरिएको बसपार्क जीर्ण बन्दै गएकाले पार्किङ गर्न समस्या भएको हो । पछिल्लो समय जिल्लामा यातायातका साधन बढेसँगै एकदशक अघिबाट अस्थायी रुपमा प्रयोग हुँदै आएको सल्ले बसपार्कमा समेत पार्किङ…