काठमाडौं, मंसिर २१ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले मानव बेचबिखनमा संलग्न व्यक्तिहरुलाई अदालतमा उपस्थित गराउन पटक–पटक पत्राचार गरेपनि प्रहरीले अटेर गर्ने गरेको आरोप लगाएका छन् । शुक्रबार राजधानीमा आयोजित ‘मानव बेचबिखन मुद्दामा पीडित/साक्षीको प्रतिकूल बकपत्र अनुसन्धानमूलक अध्ययन सार्वजनिकीकरण’ कार्यक्रममा उनले त्यस्ता गतिविधिहरु अन्त्य गर्न प्रहरी प्रशासनलाई कडाइका साथ अघि बढ्न आग्रहसमेत गरे । गरिबी, अज्ञानता तथा…