
काठमाडौं, मंसिर २० । सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक मोतीलाल बोहरालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलासले बिहीबार बोहरालाई सफाइ दिएको हो ।
२०६८ साल चैत २१ गते विशेष अदालतले बोहरालाई भ्रष्टचारी ठहर गर्दै डेढ वर्ष कैद र २७ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
पूर्वआइजीपी बोहराले सार्वजनिक पदमा रहँदा पदीय दुरुपयोग गरी करिब २७ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै उनलाई डेढ वर्ष कैद र करिब २७ लाख नै बिगो र जरिवाना भराउने फैसला सुनाएको थियो ।
उक्त फैसलाविरुद्ध बोहराले २०६९ साल पुस ११ गते सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए । बोहरासहित उनका छोरा, छोरी र श्रीमतीले पनि सफाइ पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्