सुनवल, पुस १९ । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–४ ज्यामिरेमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका ३५ वर्षीय विशाल गुरुङको उपचारको क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको हो । गएराति सवा ११ बजे लु३०प २०६ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएको थियो ।