काठमाडौं, माघ १४ । सरकारले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया, बल्टियामा जन्तीबसमा करेन्ट लागेर निधन भएका नागरिकका परिवारलाई जनही रु पाँच लाख क्षतिपूर्ति दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सोमबार मन्त्रिस्तरीय निर्णय गरी मृतकका परिवारलाई क्षतिपूर्तिवापत उक्त रकम दिन लागिएको हो । यस्तै, मन्त्रालयले घाइते भएका सबैको उपचार खर्च व्योहोर्ने निर्णय…