पाल्पा, वैशाख १६ । पाल्पाको निस्दी गाउँपालिका–७, चारघरेमा जन्ती बोकेको एक जिप दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ । सोमबार साँझ लु१ज १९४१ नम्बरको जिप दुर्घटना भएको हो । मृत्यु हुनेमा निस्दी–७ का ४५ वर्षीय खड्गबहादुर सोमै, ५५ वर्षीय देवीलाल खन्गाह, ४५ वर्षीय लालबहादुर सारु, ५७ वर्षीय सन्तबहादुर सारु र चालक बुद्धिवल सोती रहेको…