काठमाडौं, जेठ २९ । लिच्छविकालदेखि चल्दै आएको गुठीको अस्तित्व नामेट पार्ने गरी सरकारले ल्याएको गुठी विधेयकविरुद्धको आन्दोलनमा विदेशमा रहेका नेपालीहरुले पनि ऐक्यबद्धता जनाएका छन् । भारतको सिक्किममा रहेका नेवार समुदायले आफूहरु पुस्तौंदेखि भारतीय नागरिक भएपनि मूलजरो नेवार र नेपालकै धर्म, संस्कृति भएकाले यसलाई जीवित राख्ने गुठी प्रणाली जोगाउन सबैलाई आग्रह गरेका छन् । विधेयकले गुठी…