काठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिकास्थित गाम्नाङटारमा सरस्वती मन्दिर स्थापना गरिएको छ । गाम्नाङटार सेवा समाजले ग्रामोदय युगकवि सिद्धिचरण उच्च माध्यमिक विद्यालय परिसरमा सरस्वती मन्दिर स्थापना गरेको हो । सेवा समाजका अध्यक्ष भुवन भट्टराई, युवा व्यवसायी लक्ष्मीराज अधिकारी र कमल भट्टराईको विशेष पहलमा मन्दिर स्थापना गरिएको हो । मन्दिरको भव्य समारोहबीच उद्घाटन गरिएको छ । विद्याकी…