काठमाडौं, असार २० । नेपालको गुठी परम्परालाई विश्व सम्पदा सूचीमा राख्न सरोकारवालाहरुले माग गरेका छन् । शुक्रबार काठमाडौंको वसन्तपुरमा आयोजित खबरदारीसभामा उनीहरुले मूर्त सभ्यता र सम्पदाहरु जोगाउन गुठी परम्पराजस्ता अमूर्त संस्कारको महत्वपूर्ण भूमिका रहेको भन्दै गुठीलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्नुपर्ने बताएका हुन् । नेपालको मौलिक पहिचान भनेको धर्म, संस्कृति, सभ्यता र सम्पदा हो…