काठमाडौं, असार २३ । गृहमन्त्री रामबहादुर थापाले समग्र शान्ति–सुुरक्षालाई थप बलियो बनाइ सुरक्षा प्रणालीलाई भरपर्दो र विश्वसनीय बनाइने बताएका छन् । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत् गृह मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उनले निर्मला पन्तलगायतको हत्यामा संलग्नलाई कानुनी कठघरामा ल्याउने कार्यमा सरकार लागिरहेको बताए । सुरक्षा निकायको आवश्यकतानुसार मनोबल उच्च बनाउन आवश्यक सुविधा बढाउने…