काठमाडौं, कात्तिक २२ । नेपालको भूमि मिचिएको विरोधमा काठमाडौंका विभिन्न कलेजमा अध्ययनरत् विद्यार्थीहरु शुक्रबार सडकमा उत्रिएका छन् । उनीहरुले मिचिएको नेपाली भू–भाग भारतले फिर्ता गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए । भारतको कदमका कारण नेपाली राष्ट्रियता संकटमा परेकाले यसलाई जोगाउन आफूहरु सडकमा उत्रिएको उनीहरुको भनाइ थियो । विद्यार्थीहरु शैक्षिक संस्थाको पोसाकमै नाराबाजीमा उत्रिएका थिए ।