भरत शर्मापाल्पा । पाल्पामा रामपुर नगरपालिकाले कृषि उपज भण्डारणका लागि शीतभण्डारको निर्माण गरेको छ । पाल्पा जिल्लाको पूर्वी भेगका कृषकद्वारा उत्पादित आलु, टमाटर, सुन्तला जस्ता वस्तु भण्डारण गरी कृषकलाई व्यावसायिक खेतीतर्फ आर्कषण गराउने उद्देश्यले शीतभण्डारको निर्माण गरिएको हो । जिल्लाका रामपुरफाँट, सहलकोट, गाडाकोट लगायतका ठाउँमा राम्रो कृषि उत्पादन हुने गर्दछ । स्थानीय सरकारले शीत भण्डार…