म्याग्दी, चैत २५ । म्याग्दीका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ । सामुदायिक वनमा १० देखि १ सय ५० हेक्टर क्षेत्रफलमा आगलागीले क्षति पुर्याएको छ । आगलागीले साना–ठूला सयौँ रूखबिरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जङ्गली पशुपक्षी र अन्य वन पैदावार नष्ट भएका छन् । हावाहुरीको मौसम…