काठमाडौं । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले यस वर्षको बाढी तथा पहिरोमा परेर ३८ जनाको ज्यान गएको जनाएको छ । केन्द्रका प्रमुख दिल तामाङले यस बर्ष बाढी तथा पहिरोका कारण ३८ जनाले ज्यान गुमाएको र ३१ जना अझै हराइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार बाढी पहिरोमा परि ४७ जना घाइते भएका छन् ।…